दफा १५
मध्यस्थताको कारबाही अन्त्य वा जारी हुने अवस्था
   पक्षहरुले अन्यथा व्यवस्था गरेकोमा
बाहेक देहायको अवस्थामा मध्यस्थताको कारबाही अन्त्य वा जारी हुनेछः –
(क) दावीकर्ताले दफा १४ को उपदफा (१) बमोजिमको म्यादभित्र दावी पेश नगरेमा मध्यस्थको काम कारबाही अन्त्य हुनेछ ।
(ख) दफा १४ को उपदफा (२) को म्यादभित्र प्रतिवाद पेश नभए तापनि सोही कारणले मात्र प्रतिदावी पेश नगर्ने पक्षले वादी दावी स्वीकार गरेको मानिने छैन र दावीकर्ताको दावी र सो दावी पुष्टी गर्न पेश भएका प्रमाणको मूल्यांकन हुने गरी मध्यस्थले आफनो कारबाही जारी राख्नु पर्नेछ ।
(ग) मध्यस्थले तोकेको सुनुवाईका बखत कुनै पक्ष उपस्थित नभएमा वा लिखित प्रमाण दाखिला नगरेमा पेश हुन आएका प्रमाणहरुको आधारमा मध्यस्थले निर्णय गर्न सक्नेछ र त्यस्तो निर्णयको प्रतिलिपि प्रतिवाद नगर्ने पक्षलाई समेत पठाउनु पर्नेछ ।